टिस्यु पेपर उद्योग नेपाली उद्यमीहरूका लागि आकर्षक लगानीको क्षेत्र बन्दै गएको छ। टिस्यु पेपर उत्पादनको लागि आवश्यक अधिकांश कच्चा पदार्थ नेपालमै उपलब्ध छन्। स्थानिय कच्चा पदार्थ र दक्ष जनशक्तिद्वारा उत्पादित टिस्यु पपेर वास्तवमै स्वदेशी उत्पादन हुन्छन्। यस्ता स्वदेशी उत्पादन आम्दानीको श्रोत मात्र नभई देशको आर्थतन्त्रको मेरुदण्ड बन्न सक्छन्।
टिस्यु पेपर दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन्। घर, कार्यालय, अस्पताल, शैक्षिक संस्था, होटल, रेस्टुरेन्ट तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा ट्वाइलेट पेपर, फेसियल टिस्यु, पेपर नेपकिन, किचन टवल तथा पकेट टिस्युजस्ता उत्पादनहरूको वर्षभरि नै स्थिर माग रहन्छ। यी सबै उत्पादनहरू कागजका ठुल्ठुला रोलबाट तयार गरिन्छन्। आवश्यक उत्पादनको प्रकारअनुसार नेपकिन उत्पादन, फेसियल टिस्यु उत्पादन वा ट्वाइलेट रोल रूपान्तरणका लागि छुट्टाछुट्टै विशेष मेसिनहरू प्रयोग गरिन्छ।
सेमी-अटोमेटिक तथा पूर्ण अटोमेटिक टिस्यु पेपर मेसिनहरूको उपलब्धताले उद्यमीहरूलाई सानो स्तरको उत्पादन इकाइदेखि मध्यम स्तरको उत्पादन उद्योगसम्म सहज रूपमा स्थापना गर्ने अवसर प्रदान गरेको छ। आधुनिक मेसिनहरूमा स्वचालित गन्ने, एम्बोसिङ्ग, पट्याउने, बुट्टा छाप्ने, तथा प्याकेजिङ गर्ने जस्ता सुविधाहरू उपलब्ध हुन्छन्। यी सुविधाहरूले उत्पादन क्षमता वृद्धि गर्नुका साथै उत्पादनको गुणस्तरलाई निरन्तर एकरूप राख्न मद्दत गर्छन्।
यस लेखमा टिस्यु पेपर उत्पादन प्रक्रिया तथा नेपालमा उपलब्ध विभिन्न टिस्यु पेपर उत्पादन मेसिनहरूको बारेमा जानकारी प्रस्तुत गरिएको छ।
सेक्सन लिङ्कहरू
- टिस्यु पेपर उत्पादन प्रक्रिया
- नेपालमा उपलब्ध टिस्यु उत्पादन मेसिनहरू
- तुलनात्मक तालिका
- बारम्बार सोधिने प्रश्नहरू
टिस्यु पेपर उत्पादन प्रक्रिया
टिस्यु पेपर उत्पादन प्रक्रियामा ठुल्ठुला कागजका रोललाई विभिन्न चरणहरूबाट प्रशोधन गरी निश्चित आकारका टिस्युमा रूपान्तरण गरिन्छ। उत्पादित टिस्युको गुणस्तर प्रयोग गरिएको कागजको गुणस्तर, एम्बोसिङ्गको बुट्टा, काटाइको सफाइ तथा प्याकेजिङको गुणस्तरमा निर्भर हुन्छ।
- जम्बो रोल फिडिङ: सुरुमा ठुल्ठुला कागजका रोलहरू मेसिनमा भरिन्छन् । त्यसपछि रोललाई स्वचालित रूपमा खोल्दै मेसिनभित्र प्रवाह गरिन्छ।
- एम्बोसिङ्ग: एम्बोसिङ्ग भनेको कागजमा दुलो परेर बुट्टा भर्ने प्रक्रिया हो। कागजमा एम्बोसिङ्ग रोलरहरूद्वारा विभिन्न डिजाइन वा बनावट अंकित गरिन्छ।
- फोल्डिङ / रिवाइन्डिङ: उत्पादनको प्रकारअनुसार टिस्युलाई फोल्ड गरिन्छ (फेसियल टिस्यु तथा नेपकिनका लागि) वा रोलको रूपमा पुनः बेरिन्छ (ट्वाइलेट पेपरका लागि)।
- पर्फोरेसन: ट्वाइलेट पेपर उत्पादनका लागि निश्चित दूरीमा पर्फोरेसन लाइन बनाइन्छ, जसले प्रत्येक सिट सजिलै छुट्याउन मद्दत गर्छ।
- काट्ने: उत्पादनको आवश्यक आकार र मापदण्डअनुसार टिस्युलाई आवश्यक लम्बाइ तथा चौडाइमा काटिन्छ।
- गणना तथा स्ट्याकिङ: तयार भएका टिस्युहरू स्वचालित रूपमा गणना गरी प्याकेजिङका लागि व्यवस्थित रूपमा स्ट्याक वा बन्डल बनाइन्छ।
- प्याकेजिङ: अन्तिम उत्पादनलाई भण्डारण, ढुवानी तथा बजार वितरणका लागि उपयुक्त रूपमा प्याक वा बक्समा राखिन्छ।

नेपालमा टिस्यु पेपर उत्पादन मेसिनहरू
सामान्य नेपकिन बनाउने मेसिन

सामान्य नेपकिन बनाउने मेसिनले ठूला नेपकिन पेपर रोलहरूबाट फोल्ड गरिएको नेपकिन उत्पादन गर्छ। यसमा न्यूम्याटिक गणना प्रणाली तथा स्टिल वा रबर एम्बोसिङको सुविधा उपलब्ध छ। यो सानोदेखि मध्यम स्तरको पेपर नेपकिन उत्पादनका लागि उपयुक्त छ।
| विशेषता | विवरण |
|---|---|
| फोल्ड गरिएको आकार | ११०×११० mm |
| गति | ४०० सिट प्रति मिनेटसम्म |
| पावर | ४.२ kW |
| तौल | ८९० के.जी |
| मूल्य | रु. ६,९९,००० |
| एक रङ प्रिन्टिङ सहित | रु. १,४०,००० थप |
सामान्य नेपकिन बनाउने मेसिनको विवरण हेर्नुहोस्
उच्च गति नेपकिन पेपर मेसिन

उच्च गति नेपकिन पेपर मेसिन उच्च उत्पादन क्षमतायुक्त प्रणाली हो। यसमा स्वचालित पेपर फिडिङ, विद्युतीय तताउने प्रणालीसहित स्टिल एम्बोसिङको सुविधा छ। यसले उच्च गुणस्तरका नेपकिन उत्पादन गर्न सक्छ। यसमा गति नियन्त्रण, स्वचालित सिट गणना तथा आपतकालीन स्टप प्रणाली पनि रहेको छ। आवश्यकता अनुसार एक रङ छाप्ने मेसिन पनि जडान गर्न सकिन्छ। मेसिन सञ्चालनका लागि ३८० V थ्री-फेज विद्युत् आपूर्ति र बाह्य एयर कम्प्रेसर आवश्यक पर्छ।
यो मध्यमदेखि ठूलो स्तरको नेपकिन उत्पादनका लागि उपयुक्त छ।
| विशेषता | विवरण |
|---|---|
| फोल्ड गरिएको आकार | ११०×११० mm |
| गति | १,००० सिट प्रति मिनेट |
| पावर | ५ kW |
| तौल | १ T |
| मूल्य | रु. १३,००,००० |
| एक रङ प्रिन्टिङ सहित | रु. ३,३५,००० थप |
उच्च गति नेपकिन पेपर मेसिनको विवरण हेर्नुहोस्
फेसियल टिस्यु पपअप मेसिन (मोडेल JX–2)
.png)
फेसियल टिस्यु पपअप मेसिनले बेस पेपरलाई स्वचालित रूपमा काटेर र फोल्ड गरी बक्सबाट निकाल्ने टिस्यु तयार गर्छ। यसमा भ्याकुम एड्सोर्प्सन, PLC नियन्त्रण, स्वचालित गणना तथा पेपर चुँडिएमा स्वतः बन्द हुने सुविधा छ।
| विशेषता | विवरण |
|---|---|
| उत्पादन आकार | १०×१० cm / १०×२० cm |
| मुख्य पावर | ३ kW |
| भ्याकुम प्रणाली | ७.५ kW / 380V |
| तौल | १.६ T |
| मूल्य | रु. २१,००,००० – २२,००,००० |
फेसियल टिस्यु पपअप मेसिनको विवरण हेर्नुहोस्
२००/२L फेसियल टिस्यु मेसिन

२००/२L फेसियल टिस्यु मेसिनले जम्बो रोलबाट V-फोल्ड टिस्यु पेपर उत्पादन गर्छ। यसमा समायोजन गर्न मिल्ने उत्पादन चौडाइ, PLC नियन्त्रण तथा हेलिकल ब्लेड कटिङ प्रणाली छ। यसले एक तह र दुई तहका टिस्यु उत्पादन गर्न सक्छ ।
| विशेषता | विवरण |
|---|---|
| फोल्ड गरिएको आकार | १००×(१२०–२१०) mm |
| उत्पादन गति | ६०–९० m/min |
| पावर | ३ kW + ७.५ kW भ्याकुम |
| तौल | २,५०० के.जी |
| मूल्य | रु. २५,००,००० |
२००/२L फेसियल टिस्यु मेसिनको विवरण हेर्नुहोस्
ट्वाइलेट रोल मेसिन

ट्वाइलेट रोल मेसिन ट्वाइलेट पेपर उत्पादनका लागि पूर्ण प्रणाली हो। यसमा रिवाइन्डिङ मेसिन, ब्यान्ड स कटर, हिट सिलर तथा एयर कम्प्रेसर समावेश छन्। यसमा PLC टच-स्क्रिन नियन्त्रण, स्वचालित रिवाइन्डिङ, एम्बोसिङ, पर्फोरेसन तथा कोर ड्रपिङ सुविधा छ।
| विशेषता | विवरण |
|---|---|
| प्रशोधन क्षमता | १.५ टन प्रति दिन |
| कुल पावर | ९ kW |
| तौल | २,४०० के.जी |
| मूल्य दायरा | रु. १५,००,००० – २४,००,००० |
| जम्बो रोल चौडाइ | २,४५०–२,९०० mm |
| तयार रोलको व्यास | ९०–१५० mm |
ट्वाइलेट रोल मेसिनको विवरण हेर्नुहोस्
तुलनात्मक तालिका
| मेसिन | प्रयोग | उत्पादन गति | मुख्य विशेषताहरू | पावर | मूल्य (रु.) |
|---|---|---|---|---|---|
| सामान्य नेपकिन बनाउने मेसिन | पेपर नेपकिन | ४०० सिट प्रति मिनेटसम्म | एम्बोसिङ, न्यूम्याटिक गणना | ४.२ kW | ६,९९,००० |
| उच्च गति नेपकिन पेपर मेसिन | पेपर नेपकिन | १,००० सिट प्रति मिनेट | स्वचालित फिडिङ, तताइएको एम्बोसिङ | ५ kW | १३,००,००० |
| फेसियल टिस्यु पपअप मेसिन (JX-2) | बक्सबाट निकाल्ने फेसियल टिस्यु | ६०–९० m/min | PLC नियन्त्रण, भ्याकुम प्रणाली | ३ kW + ७.५ kW भ्याकुम | २१,००,०००–२२,००,००० |
| २००/२L फेसियल टिस्यु मेसिन | V-फोल्ड फेसियल टिस्यु | ६०–९० m/min | V-फोल्ड, हेलिकल कटिङ | ३ kW + ७.५ kW भ्याकुम | २५,००,००० |
| ट्वाइलेट रोल मेसिन | ट्वाइलेट पेपर रोल | १.५ T/day | रिवाइन्डिङ, पर्फोरेसन, एम्बोसिङ | ९ kW | १५,००,०००–२४,००,००० |
बारम्बार सोधिने प्रश्नहरू (FAQ)
१. सानो स्तरका व्यवसायका लागि कुन टिस्यु पेपर मेसिन उपयुक्त हुन्छ?
सानो स्तरका व्यवसाय वा सुरुवाती चरणका लागि सामान्य नेपकिन बनाउने मेसिन राम्रो विकल्प हो। यसमा कम लगानी लाग्छ, सञ्चालन गर्न सजिलो छ र स्थानीय बजार, रेस्टुरेन्ट तथा क्याटरिङ व्यवसायका लागि पेपर नेपकिन उत्पादन गर्न उपयुक्त हुन्छ।
२. मध्यम स्तरका व्यवसायका लागि कुन टिस्यु पेपर मेसिन उपयुक्त हुन्छ?
मध्यम स्तरका व्यवसाय वा सानो व्यवसाय विस्तार गर्न उच्च गति नेपकिन पेपर मेसिन र ट्वाइलेट रोल मेसिन उत्कृष्ट विकल्प हुन्। यी मेसिनहरूले उच्च उत्पादन क्षमता प्रदान गर्छन् र खुद्रा विक्रेता तथा वितरकहरूलाई आपूर्ति गर्न उपयुक्त छन्।
३. ठूलो स्तरका व्यवसायका लागि कुन टिस्यु पेपर मेसिन उपयुक्त हुन्छ?
ठूलो स्तरको उत्पादन वा मध्यम स्तरको व्यवसाय विस्तार गर्न फेसियल टिस्यु पपअप मेसिन, २००/२L फेसियल टिस्यु मेसिन तथा ट्वाइलेट रोल मेसिन उपयुक्त विकल्प हुन सक्छन्। यी मेसिनहरूमा उच्च उत्पादन क्षमता र बढी स्वचालन पाइन्छ।
४. टिस्यु पेपर मेसिनहरूको मूल्य कति हुन्छ?
नेपालमा टिस्यु पेपर मेसिनको मूल्य सामान्य नेपकिन बनाउने मेसिन का लागि करिब रु. ६.९९ लाखदेखि सुरु भएर पूर्ण स्वचालित २००/२L फेसियल टिस्यु मेसिन का लागि करिब रु. २५ लाखसम्म पर्छ। अन्तिम मूल्य मेसिनको प्रकार, उत्पादन क्षमता तथा रङ प्रिन्टिङजस्ता अतिरिक्त सुविधाहरूमा निर्भर हुन्छ।
५. टिस्यु पेपर उत्पादनका लागि मुख्य कच्चा पदार्थ के हो?
टिस्यु पेपर उत्पादनका लागि मुख्य कच्चा पदार्थ ठुल्ठुला कागजका रोल हुन् । यसलाई एम्बोसिङ, फोल्डिङ, कटिङ, रिवाइन्डिङ तथा प्याकेजिङ प्रक्रियामार्फत ट्वाइलेट रोल, फेसियल टिस्यु तथा पेपर नेपकिनजस्ता तयार उत्पादनमा रूपान्तरण गरिन्छ।
६. टिस्यु पेपरका लागि कच्चा पदार्थ नेपालमै उपलब्ध हुन्छ?
कागजका रोल तथा टिस्यु पेपर उत्पादनका लागि आवश्यक अन्य सामान्य कच्चा पदार्थहरू नेपालमै विभिन्न आपूर्तिकर्ताबाट उपलब्ध हुन्छन्।