logo
×

नेपालमा उपलब्ध अत्याधुनिक पीठो र मसला मिलका प्रणाली, प्रकार र मूल्य

17 May
नेपालमा उपलब्ध अत्याधुनिक पीठो र मसला मिलका प्रणाली, प्रकार र मूल्य

नेपालमा परापूर्वकालदेखि नै पिठो तथा मसला पिस्न काठको ढिकी र ढुंगाको जाँतो प्रयोग हुदै आएको छ। यी उपकरणबाट उत्पादित पिठो र मसला स्वादिलो र पौष्टिक हुने जनविश्वास रहेको छ। पूर्णतः मानव बलद्वारा संचालित भएकाले यिनीहरूको उत्पादन क्षमता भने कम हुन्छ।

पनीघट्ट परम्परागत जाँतोको विकसित रूप हो। यो नदीको बहावबाट संचालित हुन्छ। मानव बल कम चाहिने भएपनि नदी नजिक हुनुपर्ने र नदीको बहाव घटबढ हुँदा उत्पादकत्वमा असर पर्ने भएकाले व्यावसायिक उत्पादनको प्रयोजनलाई उपयुक्त हुँदैन।

परम्परागत पिसाइ उपकरणहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व भएपनि आजको बढ्दो माग पूरा गर्न ती पर्याप्त छैनन्। आधुनिक पिठो र मसला मिलहरूले अन्न, मसला तथा अन्य खाद्य सामग्री प्रशोधनका लागि प्रभावकारी, छिटो र उच्च क्षमतायुक्त व्यावसायिक विकल्प प्रदान गर्छन्। कृषिप्रधान मुलुक नेपालको आन्तरिक तथा बाह्य माग पूरा गर्न आधुनिक पिठो र मसला मिलहरू अपरिहार्य छन्।

यस लेखमा विभिन्न पिसाइ प्रणाली, नेपालमा उपलब्ध मेसिनहरू, सही मिल छनोट गर्ने मार्गदर्शन र उपलब्ध सबै मेसिनहरूको तुलना गरिएको छ।

विषयवस्तु

 

पिसाइ प्रणालीहरू

आधुनिक मिलहरूमा सामान्यत: तीन प्रकारका पिसाइ प्रणालीहरू अवलम्बन गरिएका हुन्छन् :

  1. स्टोन मिलिङ / ढुंगाबाट पिसाइ : यस प्रणालीमा कोरन्डम वा ग्रेनाइटबाट बनेका दुई ढुंगाले अन्न पिस्छन्। एउटा ढुंगा स्थिर रहन्छ भने अर्को घुम्छ। ढुंगाबीचको दूरी घटबढ गरी पिठोको मसिनोपन छनौट गर्न सकिन्छ।
  2. रोलर मिलिङ: खस्रो वा चिल्लो स्टिल रोलरका जोडीहरूले अन्नलाई पिस्ने काम गर्छन्। एउटा रोलर ढिलो र अर्को छिटो घुम्छ। दुई रोलरको भिन्न गतिले गर्दा अन्न पिसिएर पिठो बन्छ। चोकरलाई अन्नको भित्री भागबाट छुट्याउन ब्रेक र रिडक्सन जस्ता धेरै चरणहरू प्रयोग गरिन्छ।
  3. इम्प्याक्ट मिलिङ : उच्च गतिमा चल्ने ह्यामर वा ब्लेडको प्रभावबाट अन्न टुक्र्याइन्छ। यो प्रणाली साना घरेलु ग्राइन्डरहरूमा बढी प्रयोग हुन्छ।

पिसाइ प्रणालीहरू

पिसाइ प्रणालीहरू

पिठो र मसला मिलहरूमा निम्नलिखित फरक हुन्छन् :

  • क्षमता र गति: पिठो मिलहरूमा ठूलो मात्रामा अन्न पिस्नका लागि ठूला हपरहरू हुन्छन्। मसला मिलहरू भने प्रायः साना हुन्छन् र थोरै-थोरै मात्रामा मसला पिस्न प्रयोग गरिन्छन्।
  • ताप उत्पादन: उच्च गतिका पिठो मिलहरूले ताप उत्पादन गर्न सक्छन्, जसले मसलाको स्वाद र सुगन्धमा ह्रास ल्याउन सक्छन्। त्यसैले मसला पिस्न विशेष मसला मिल वा ढिलो चल्ने स्टोन मिल राम्रो हुन्छ।
 

नेपालमा उपलब्ध मिलहरू

मेसिन लिंकहरू

 

डिस्क मिल (Disc Mill)

Disc Mill

डिस्क मिल मुख्य रूपमा मसला पिस्न प्रयोग गरिन्छ। यसमा विभिन्न आकारको जाली प्रयोग गरेर मसलालाई मसिनो वा खस्रो बनाउन सकिन्छ। यो सामान्यतः खुर्सानी, बेसार, सुक्खा अदुवा लगायतका सुख्खा मसला सामग्री पिस्न उपयुक्त हुन्छ।

यसका प्रमुख विशेषता:

  • साना मसला पिसाइ व्यवसायहरूका लागि प्रयोग गर्न सकिने,
  • सुख्खा मसला पाउडर उत्पादनका लागि उपयुक्त,
  • जाली फेरेर मसला मसिनो वा खस्रो बनाउन सकिने।
मोडेल मोटर पावर क्षमता उत्तम प्रयोग मूल्य (नेपाल)
F26 Normal / Disc ३ HP सामग्री र जालीको साइज अनुसार १५० के.जी/घण्टासम्म मसला पिसाइ रु. २८,०००
F28 Normal ३ HP सामग्री र जालीको साइज अनुसार १५० के.जी/घण्टासम्म मसला पिसाइ रु. ३५,०००

केही डिस्क मिलले सामग्री र जालीको साइज अनुसार अन्न पनि पिस्न सक्छन्। तर व्यवहारिक प्रयोगमा यी मेसिनहरू मुख्य रूपमा मसला पिसाइका लागि बढी प्रयोग गरिन्छन्।

 

सक्सन टाइप पल्भराइजर (Suction Type Pulverizer)

Suction Type Pulverizer

सक्सन टाइप पल्भराइजर बहुउद्देश्यीय पिसाइ मेसिन हो। यसले सक्सनको सहायताले सामग्रीलाई ग्राइन्डिङ चेम्बरभित्र तानेर पिस्ने काम गर्छ। यो मसला पिस्न र खस्रो पिठो बनाउन दुवै कामका लागि प्रयोग गर्न सकिन्छ। एउटै मेसिनबाट धेरै प्रकारका सुख्खा सामग्री पिस्नुपर्ने अवस्थामा यो सामान्य डिस्क मिलभन्दा राम्रो विकल्प हुन्छ।

स्पेसिफिकेसन विवरण
मोटर पावर ३ HP
क्षमता सामग्री र जालीको साइज अनुसार १५० के.जी/घण्टासम्म
उत्तम प्रयोग मसला पिसाइ र खस्रो पिठो पिसाइ
उपयुक्त सामग्री मसला सामग्री, गहुँ, मकै, चामल र अन्य सुख्खा खाद्य सामग्री
मूल्य (नेपाल) रु. ४०,०००
 

मसला ग्राइन्डर (Masala Grinder)

Masala Grinder

मसला ग्राइन्डर मुख्य रूपमा मसला पिस्न प्रयोग हुने मेसिन हो। यो साना तथा मध्यम मसला उत्पादन व्यवसायका लागि उपयुक्त हुन्छ। यसमा जालीको साइज अनुसार मसला मसिनो वा खस्रो बनाउन सकिन्छ। सुख्खा मसला सामग्री, गहुँ, मकै, चामल लगायतका अन्य सुख्खा खाद्य सामग्री पनि पिस्न सकिन्छ।

स्पेसिफिकेसन

मोटर पावर ३ HP
क्षमता सामग्री र जालीको साइज अनुसार १५० के.जी/घण्टासम्म
उपयुक्त सामग्री मसला सामग्री, गहुँ, मकै, चामल र अन्य सुख्खा खाद्य सामग्री
मूल्य (नेपाल) रु. ४०,०००
 

२-इन-१ एसएस पल्भराइजर (2-in-1 SS Pulverizer)

2-in-1 SS Pulverizer

२-इन-१ एसएस पल्भराइजर विभिन्न सुख्खा सामग्री पिस्न मिल्ने व्यावसायिक मेसिन हो। एउटै मेसिनबाट मसला, अन्न, जडीबुटी, चिनी, अदुवा, लसुन, पशु आहार, कुखुरा आहार लगायतका सामग्री पिस्न सकिन्छ। सामग्री, जालीको साइज र आवश्यक मसिनोपन अनुसार यसलाई गहुँ र मकैको आटा चक्कीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

मोडेल / प्रकार मोटर पावर चेम्बर / साइज मेसिन साइज क्षमता मूल्य (नेपाल)
2 in 1 Pulverizer Deluxe २ HP १० x ४ २४ x १२ x ३४ इन्च १२–१५ के.जी/घण्टा रु. ५०,०००
2 in 1 Pulverizer Jumbo Double Chamber ३ HP १० x ६ + ८ x ४ २९ x १८ x ४४ इन्च ३०–३२ के.जी/घण्टा रु. ७५,०००
2 in 1 Pulverizer Three Phase Double Chamber ५ HP १२ x ६ + ८ x ४ २७ x १७ x ४८ इन्च ४०–४५ के.जी/घण्टा रु. ९५,०००
2 in 1 Pulverizer Three Phase Double Chamber ७.५ HP १३ x ७ + ८ x ४ ४१ x २६ x ५६ इन्च ५५–७० के.जी/घण्टा रु. १,३०,०००
2 in 1 Pulverizer Three Phase Double Chamber १० HP १५ x ७ + ९ x ४, ६ blade ४५ x २५ x ५८ इन्च ६५–८० के.जी/घण्टा रु. १,६५,०००

क्षमता पिस्ने सामग्री, चाहिएको पाउडरको मसिनोपन र जालीको साइजमा निर्भर गर्छ। उदाहरणका लागि, मकैबाट गहुँभन्दा बढी उत्पादन आउन सक्छ, तर धेरै मसिनो पाउडर बनाउँदा प्रति घण्टा क्षमता कम हुन सक्छ।

 

कुलिङ सिस्टमसहितको पिठो मिल (Flour Mill with Cooling System)

Flour Mill with Cooling System

कुलिङ सिस्टमसहितको पिठो मिल पिसाइ गर्दा उत्पन्न हुने ताप कम गर्न बनाइएको मेसिन हो। अन्न लगातार पिस्दा चेम्बरभित्र ताप बढ्न सक्छ, जसले पिठोको गुणस्तरमा असर गर्न सक्छ। कुलिङ सिस्टमले पिठोको बनावट, ताजापन र समग्र गुणस्तर राम्रो राख्न सहयोग गर्छ, विशेष गरी व्यावसायिक उत्पादनका लागि।

मोडेल चेम्बर साइज मूल्य (नेपाल)
१० HP कुलिङ सिस्टमसहितको पिठो मिल १४ x ४ इन्च रु. २,९५,०००
१५ HP कुलिङ सिस्टमसहितको पिठो मिल १६ x ५ इन्च रु. ३,३५,०००
 

एमएस ब्लोअर टाइप पल्भराइजर (MS Blower Type Pulverizer)

MS Blower Type Masala Pulverizer

ब्लोअर टाइप पल्भराइजर मुख्य रूपमा मसला पिस्न प्रयोग गरिन्छ। यसमा भएको ब्लोअरले पिसिएको पाउडरलाई चेम्बरबाट बाहिर निकाल्न मद्दत गर्छ र मेसिन चल्दा ताप कम गर्न पनि सहयोग गर्छ। धेरै तापले मसलाको सुगन्ध, रङ र ताजापन घटाउन सक्ने भएकाले मसला पिसाइका लागि यो उपयोगी हुन्छ।

मोडेल / प्रकार मोटर पावर पावर आवश्यकता साइज क्षमता मूल्य (नेपाल)
Blower Hammer with Cutter Type Pulverizer २ HP Single phase ३० x २० x ४० इन्च १५–२० के.जी/घण्टा रु. ८०,०००
Blower Hammer with Cutter Type Pulverizer ३ HP Single phase ३८ x २३ x ४६ इन्च २५–३० के.जी/घण्टा रु. ९५,०००
Blower Hammer with Cutter Type Pulverizer ५ HP Three phase ४८ x ३० x ६६ इन्च ४५–५० के.जी/घण्टा रु. १,८०,०००
Blower Type Pulverizer १० HP Three phase ४८ x ३० x ६६ इन्च ८०–९० के.जी/घण्टा रु. ३,२०,०००
 

डायमन्ड पिठो मिल (Diamond Flour Mill)

Diamond Flour Mill

डायमन्ड पिठो मिल व्यावसायिक रूपमा अन्न पिस्न प्रयोग गरिने टिकाउ मेसिन हो। यसमा प्रयोग हुने डायमन्ड कटर स्टोन टिकाउ हुन्छ र परम्परागत ढुंगे मिलजस्तै पटक-पटक धार लगाइरहनु पर्दैन।

डायमन्ड पिठो मिल विभिन्न स्टोन साइजमा उपलब्ध हुन्छ। सामान्यतया ठूलो स्टोन साइजले बढी पिसाइ क्षमता दिन सक्छ, तर अन्तिम उत्पादन मोटर पावर, अन्नको प्रकार, सामग्री हाल्ने गति र चाहिएको पिठोको मसिनोपनमा निर्भर गर्छ। तल दिइएको मेसिन मूल्य मोटरबिना हो, त्यसैले मोटरको खर्च छुट्टै हिसाब गर्नुपर्छ।

मोडेल / स्टोन साइज सिफारिस गरिएको मोटर क्षमता मोटर खर्च मोटरबिनाको मेसिन मूल्य
१० इन्च डायमन्ड पिठो मिल २ HP वा ३ HP ११–१५ के.जी/घण्टा रु. १४,०००–१९,००० रु. ५०,०००
१२ इन्च डायमन्ड पिठो मिल ३ HP वा ५ HP १६–२० के.जी/घण्टा रु. १८,०००–५७,००० रु. ६५,०००
१४ इन्च डायमन्ड पिठो मिल ५ HP single phase वा ७.५ HP three phase ५ HP single phase मा ३०–३५ के.जी/घण्टा; ७.५ HP three phase मा ३५–४० के.जी/घण्टा रु. ३५,०००–८०,००० रु. ७५,०००
१६ इन्च डायमन्ड पिठो मिल ५ HP, ७.५ HP वा १० HP ५ HP three phase मा ४०–५० के.जी/घण्टा; ७.५ HP three phase मा ८०–९० के.जी/घण्टा रु. ३५,०००–१,००,००० रु. ९५,०००

क्षमता अन्नको प्रकार, पिठोको मसिनोपन र मोटर पावर अनुसार फरक हुन सक्छ। नियमित व्यावसायिक पिठो उत्पादनका लागि सही मोटर छनोट गर्नु महत्वपूर्ण हुन्छ, किनकि एउटै स्टोन साइजले फरक HP मोटरमा फरक उत्पादन दिन सक्छ।

 

परम्परागत ढुंगे मिल र डाइमण्ड पिठो मिलको तुलना

तुलनाको आधार परम्परागत ढुंगे मिल डाइमण्ड पिठो मिल
पिसाइ सतह परम्परागत ढुंगा डाइमण्ड कटर स्टोन
टिकाउपन समयसँगै ढुंग चोइटिन वा फुट्न सक्ने बढी टिकाउ
धार बिस्तारै भुत्ते हुन्छ र धार लगाउनुपर्छ बारम्बार धार लगाउनुपर्दैन
मर्मतसम्भार बढी मर्मतसम्भार चाहिन सक्छ कम मर्मतसम्भार चाहिन्छ
कार्यक्षमता ढुंगा भुत्ते हुँदै गएपछि क्षमता घट्न सक्छ एकनाशको पिसाइ
प्रयोग सानो स्तरको उद्योग व्यावसायिक पिठो उत्पादन
 

एटोमाइज औद्योगिक मिलिङ रेन्ज (Aatomize Industrial Milling Range)

एटोमाइज (Aatomize) रेन्ज उच्च क्षमता, बलियो बनावट र लामो समयसम्म निरन्तर चल्ने मेसिन चाहिने व्यवसायहरूका लागि बनाइएको औद्योगिक मिलिङ तथा प्रशोधन मेसिनहरूको विशेष रेन्ज हो। यी मेसिनहरू व्यावसायिक पिठो उत्पादन, मसला उत्पादन र दाल प्रशोधनका लागि उपयुक्त हुन्छन्।

एटोमाइज रेन्जका मुख्य औद्योगिक फाइदाहरू:

  • नियमित व्यावसायिक प्रयोगका लागि बलियो बनावट,
  • दैनिक बढी उत्पादनका लागि औद्योगिक डिजाइन,
  • पिठो र मसला मोडेलहरूमा डबल चेम्बर सिस्टम,
  • व्यावसायिक स्तरको प्रशोधनका लागि निरन्तर सञ्चालन गर्न मिल्ने।
 

एटोमाइज पिठो मिल (Aatomize Flour Mill)

Aatomize Flour Mill

एटोमाइज पिठो मिल बढी क्षमता र निरन्तर सञ्चालन चाहिने अन्न प्रशोधन व्यवसायका लागि बनाइएको हेभी-ड्युटी व्यावसायिक पिठो मिल हो। केही मोडेलहरूमा पिठो सजिलै संकलन गर्न र कामलाई सफा बनाउन Cyclone System पनि उपलब्ध हुन्छ।

मोडेल पावर / इलेक्ट्रिकल क्षमता मूल्य (नेपाल)
AZ302A ३ HP, २२०V Single Phase २५–४० के.जी/घण्टा रु. १,८५,८००
AZ303A ३ HP, ४१५V Three Phase २५–४० के.जी/घण्टा रु. १,८०,९००
AZ502A ५ HP, ४१५V Three Phase ४०–६० के.जी/घण्टा रु. २,५०,०००
AZC502A ५ HP, ४१५V Three Phase ४०–६० के.जी/घण्टा रु. ३,५०,०००
AZC751A ७.५ HP, ४१५V Three Phase ६०–१०० के.जी/घण्टा रु. ५,५०,०००
AZC1001A १० HP, ४१५V Three Phase ७०–१२० के.जी/घण्टा रु. ६,५०,०००
AZC1501A १५ HP, ४१५V Three Phase १२०–१६० के.जी/घण्टा रु. ७,५०,०००
AZC2001A २० HP, ४१५V Three Phase १५०–२०० के.जी/घण्टा रु. ८,५०,०००
 

एटोमाइज मसला मिल (Aatomize Masala Mill)

Aatomize Masala Mill

एटोमाइज मसला मिल बढी उत्पादन, एकनाशको पिसाइ र बलियो मेसिन चाहिने व्यवसायहरूका लागि बनाइएको औद्योगिक मसला पिसाइ मेसिन हो। यो व्यावसायिक मसला पाउडर उत्पादनका लागि उपयुक्त हुन्छ। केही मोडेलहरूमा Cyclone System पनि उपलब्ध हुन्छ, जसले पाउडर संकलनलाई सफा र उत्पादन प्रक्रियालाई सहज बनाउन सहयोग गर्छ।

मोडेल पावर / इलेक्ट्रिकल क्षमता मूल्य (नेपाल)
AM312 ३ HP, २२०V Single Phase २५–३० के.जी/घण्टा रु. २,१०,०००
AM302 ३ HP, ४१५V Three Phase ३०–३५ के.जी/घण्टा रु. २,०९,०००
AMC302 ३ HP, ४१५V Three Phase ३०–३५ के.जी/घण्टा रु. ३,२२,४००
AM502 ५ HP, ४१५V Three Phase ५०–६० के.जी/घण्टा रु. ३,५८,५००
AMC502 ५ HP, ४१५V Three Phase ५०–६० के.जी/घण्टा रु. ४,३३,५००
AMC752 ७.५ HP, ४१५V Three Phase ८०–१०० के.जी/घण्टा रु. ५,४६,४००
AMC1002 १० HP, ४१५V Three Phase १२०–१५० के.जी/घण्टा रु. ७,२१,०००
 

एटोमाइज दाल मिल मेसिन (Aatomize Dal Mill Machine)

Aatomize Dal Mill Machine

एटोमाइज दाल मिल मेसिन व्यावसायिक दाल प्रशोधन गर्ने व्यवसायहरूका लागि बनाइएको मेसिन हो। यो नियमित औद्योगिक प्रयोगका लागि उपयुक्त हुन्छ। अझ व्यवस्थित र सफा दाल प्रशोधन चाहिने व्यवसायका लागि यसलाई ढुंगा हटाउने स्वचालित प्रणालीसँग पनि प्रयोग गर्न सकिन्छ।

मोडेल कन्फिगरेसन पावर / इलेक्ट्रिकल क्षमता मूल्य (नेपाल)
AZDM204 Dal Machine २ HP Motor, Single Phase, १ वर्ष वारेन्टी ४०–५० के.जी/घण्टा रु. १,८५,०००
AZDM304 Dal Machine ३ HP Motor, Single Phase, १ वर्ष वारेन्टी ६०–७० के.जी/घण्टा रु. २,६५,०००
AZDM504 Dal Machine, MS Body ५ HP Motor, ३८०V Three Phase ७०–१०० के.जी/घण्टा रु. ३,००,०००
 

तुलनात्मक तालिका

मेसिनको प्रकार उत्तम प्रयोग क्षमता दायरा पावर दायरा नेपालमा अनुमानित मूल्य दायरा
डिस्क मिल (Disc Mill) सामान्य मसला पिसाइ १५० के.जी/घण्टासम्म ३ HP रु. २८,०००–३५,०००
सक्सन टाइप पल्भराइजर (Suction Type Pulverizer) मसला र खस्रो पिठो पिसाइ १५० के.जी/घण्टासम्म ३ HP रु. ४०,०००
मसला ग्राइन्डर (Masala Grinder) मसला पाउडर उत्पादन २०–२५ के.जी/घण्टा ३ HP रु. ६८,०००
टु-इन्-वान एसएस पल्भराइजर (2-in-1 SS Pulverizer) सानोदेखि मध्यम स्तरको बहुउद्देश्यीय पिसाइ १२–८० के.जी/घण्टा २–१० HP रु. ५०,०००–१,६५,०००
कुलिङ सिस्टमसहितको पिठो मिल (Flour Mill with Cooling System) ताप नियन्त्रणसहित व्यावसायिक पिठो उत्पादन व्यावसायिक दायरा १०–१५ HP रु. २,९५,०००–३,३५,०००
एमएस ब्लोअर टाइप पल्भराइजर (MS Blower Type Pulverizer) व्यावसायिक मसला पिसाइ १५–९० के.जी/घण्टा २–१० HP रु. ८०,०००–३,२०,०००
डाइमण्ड पिठो मिल (Diamond Flour Mill) व्यावसायिक अन्न पिसाइ ११–९० के.जी/घण्टा २–१० HP रु. ५०,०००–१,८५,००० मोटरबिना
एटोमाइज पिठो मिल (Aatomize Flour Mill) औद्योगिक पिठो उत्पादन २५–२०० के.जी/घण्टा ३–२० HP रु. १,८०,९००–८,५०,०००
एटोमाइज मसला मिल (Aatomize Masala Mill) औद्योगिक मसला पाउडर उत्पादन २५–१५० के.जी/घण्टा ३–१० HP रु. २,०९,०००–७,२१,०००
एटोमाइज दाल मिल मेसिन (Aatomize Dal Mill Machine) व्यावसायिक दाल प्रशोधन ४०–१०० के.जी/घण्टा २–५ HP रु. १,८५,०००–३,००,०००
 

बारम्बार सोधिने प्रश्नहरू

१. साना व्यवसायका लागि कुन ग्राइन्डिङ मेसिन उपयुक्त हुन्छ?

साना व्यवसायका लागि डिस्क मिल (Disc Mill), सक्सन टाइप पल्भराइजर (Suction Type Pulverizer)टु-इन्-वान एसएस पल्भराइजर (2-in-1 SS Pulverizer) उपयुक्त विकल्प हुन्। यी मेसिनहरू साना पसल, स्थानीय पिसाइ सेवा र कम दैनिक उत्पादन आवश्यकताका लागि उपयुक्त हुन्छन्।

२. मध्यम स्तरका व्यवसायका लागि कुन ग्राइन्डिङ मेसिन उपयुक्त हुन्छ?

मध्यम स्तरका व्यवसायका लागि टु-इन्-वान एसएस पल्भराइजर (2-in-1 SS Pulverizer), एमएस ब्लोअर टाइप पल्भराइजर (MS Blower Type Pulverizer)डाइमण्ड पिठो मिल (Diamond Flour Mill) उपयुक्त विकल्प हुन्। यी मेसिनहरू नियमित दैनिक उत्पादन र साना पसलमा प्रयोग हुने साधारण मेसिनभन्दा बढी उत्पादनका लागि राम्रो हुन्छन्।

३. ठूलो व्यावसायिक उत्पादनका लागि कुन ग्राइन्डिङ मेसिन उपयुक्त हुन्छ?

ठूलो व्यावसायिक वा औद्योगिक उत्पादनका लागि एटोमाइज पिठो मिल (Aatomize Flour Mill), एटोमाइज मसला मिल (Aatomize Masala Mill)एटोमाइज दाल मिल मेसिन (Aatomize Dal Mill Machine) राम्रो विकल्प हुन्। यी मेसिनहरू बढी क्षमता, बलियो बनावट र लामो समयसम्म निरन्तर सञ्चालनका लागि बनाइएका हुन्छन्।

४. मसला पिसाइका लागि कुन मेसिन उपयुक्त हुन्छ?

मसला पिसाइका लागि डिस्क मिल (Disc Mill), मसला ग्राइन्डर (Masala Grinder), एमएस ब्लोअर टाइप पल्भराइजर (MS Blower Type Pulverizer)एटोमाइज मसला मिल (Aatomize Masala Mill) प्रयोग गर्न सकिन्छ। सानो स्तरको उत्पादनका लागि डिस्क मिल वा मसला ग्राइन्डर उपयुक्त हुन सक्छ भने व्यावसायिक मसला उत्पादनका लागि ब्लोअर टाइप र एटोमाइज मोडेलहरू राम्रो हुन्छन्।

५. पिठो वा आटा उत्पादनका लागि कुन मेसिन उपयुक्त हुन्छ?

पिठो वा आटा उत्पादनका लागि डाइमण्ड पिठो मिल (Diamond Flour Mill), कुलिङ सिस्टमसहितको पिठो मिल (Flour Mill with Cooling System)एटोमाइज पिठो मिल (Aatomize Flour Mill) उपयुक्त विकल्प हुन्। मेसिन छनोट गर्दा आवश्यक क्षमता, पिठोको गुणस्तर, कुलिङ आवश्यकता र बजेटलाई ध्यान दिनुपर्छ।

६. तेलयुक्त र सुख्खा सामग्रीका लागि फरक ग्राइन्डिङ मेसिन चाहिन्छ?

तेलयुक्त र सुख्खा सामग्रीका लागि फरक प्रकारको ग्राइन्डिङ मेसिन आवश्यक पर्न सक्छ। अन्न र सुख्खा मसला जस्ता सामग्रीलाई सामान्य पल्भराइजर वा पिठो मिलमा पिस्न सकिन्छ। तर तेलयुक्त, टाँसिने वा तापप्रति संवेदनशील सामग्रीका लागि त्यसअनुसारको मेसिन आवश्यक पर्न सक्छ।

७. नेपालमा ग्राइन्डिङ मेसिनको मूल्य कति पर्छ?

नेपालमा ग्राइन्डिङ मेसिनको मूल्य मेसिनको प्रकार, क्षमता, मोटर पावर र उत्पादन उद्देश्य अनुसार करिब रु. २८,००० देखि रु. ८,५०,००० सम्म पर्न सक्छ। साना मेसिनहरू जस्तै डिस्क मिल (Disc Mill), सक्सन टाइप पल्भराइजर (Suction Type Pulverizer) र साना टु-इन्-वान एसएस पल्भराइजर (2-in-1 SS Pulverizer) मोडेलहरू कम मूल्य दायरामा पर्छन्। मध्यम स्तरका मेसिनहरू जस्तै एमएस ब्लोअर टाइप पल्भराइजर (MS Blower Type Pulverizer), डाइमण्ड पिठो मिल (Diamond Flour Mill)कुलिङ सिस्टमसहितको पिठो मिल (Flour Mill with Cooling System) मध्यम मूल्य दायरामा पर्छन्। ठूला औद्योगिक मेसिनहरू जस्तै एटोमाइज औद्योगिक मिलिङ रेन्ज (Aatomize Industrial Milling Range), एटोमाइज पिठो मिल (Aatomize Flour Mill), एटोमाइज मसला मिल (Aatomize Masala Mill)एटोमाइज दाल मिल मेसिन (Aatomize Dal Mill Machine) उच्च मूल्य दायरामा पर्छन्।

८. ग्राइन्डिङ मेसिनमा कुलिङ किन महत्वपूर्ण हुन्छ?

कुलिङले पिसाइको क्रममा उत्पन्न हुने ताप कम गर्न मद्दत गर्छ। मसला पिस्दा सुगन्ध, रङ र ताजापन जोगाएर पिठोको गुणस्तर कायम राख्न यो महत्वपूर्ण हुन्छ। ताप नियन्त्रणका लागि कुलिङ सिस्टमसहितको पिठो मिल (Flour Mill with Cooling System)एमएस ब्लोअर टाइप पल्भराइजर (MS Blower Type Pulverizer) उपयोगी विकल्प हुन सक्छन्।